जानकारी

बैदेशिक राेजगारीका लागि इजरायल पुगेर बसेका याक्थुङ (लिम्बु) हरू र गैर लिम्बुहरू द्वारा  स्वेच्छिक रूपमा  संकलित र विश्वभरी रहनु भएका याक्थुङ  (लिम्बु) हरू लगायत नेपाली भाषीहरूले स्वेच्छाले दिनुभएकाे रकम संकलन गरि नेापलमा याक्थुङ (लिम्बु) समुदायका  (भविष्यमा गैर लिम्बु समुदायका पनि )  असहाय वा अपाङ्गता भएका वा गरिब तथा जेहेन्दार बिद्यार्थिहरूलार्इ शैक्षिक छात्रवृत्ति प्रदान गर्ने, कमजाेर अार्थिक स्थितिका एकल महिलाहरूलार्इ सिपमुलक तालिमका लागि अार्थिक सहयाेग पुर्याउने साथै याक्थुङ (लम्बु)हरूकाे भेषभुषा, भाषा, धर्म, लिपि, कला, संस्कृति र इतिहास खाेज प्रति रचनात्मक कार्य गर्ने ब्याक्तिलार्इ प्राेत्साहनका लागि पुरस्कार दिने लगायतका उदेश्यका साथ किरात याक्थुङ चुम्लुङकाे बिधान २०४६ काे दफा ६० बमाेजिम २०७० सालमा याे काेष स्थापाना भएकाे हाे ।